काठमाण्डु – जेनजी आन्दोलनका अभियन्ता सागर ढकालले सामाजिक सञ्जालमार्फत राष्ट्रपतिविरुद्ध कडा आक्रोश पोख्दै दबाबलाई अझ सशक्त बनाउन युवाहरूलाई आह्वान गरेका छन् ।
उनले नेपाली कांग्रेसका राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनलाई कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।
ढकालले लेखेका छन्, ‘राष्ट्रपतिले जेनजी पुस्तालाई कमजोर बनाउन समय लम्बाउने काम मात्र गर्नुभएको छ । हाम्रा साथीहरूलाई छुट्टाछुट्टै राखिएको छ । अब हामी सबै मिलेर राष्ट्रपति कार्यालयमा गएर शेरबहादुरलाई समातेझैं राष्ट्रपतिलाई पनि समातेर राख्नुपर्ने भएको छ ।’
उनले जेनजी आन्दोलनको पहिलो माग संसद् विघटनपछि अन्तरिम नागरिक सरकार गठन रहेको स्पष्ट पार्दै त्यो माग राष्ट्रपतिले लाइभ बसेर घोषणा गर्नुपर्ने बताएका छन् । अरु मागहरू त्यसपछि अघि सारिने उनले जनाएका छन् ।
ढकालले चेतावनी दिँदै भनेका छन्, ‘नेपालको सुरक्षा निकायलाई अझै कति जनाको लास चाहिएको छ, हिसाब गर्दै गर्नु, हामी तयार छौं ।’




प्रतिक्रिया