काठमाण्डु – पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानन्यायाधीश नियुक्त भएपछि बन्ने मन्त्रिपरिषद्मा अधिवक्ता ओमप्रकाश अर्याल मन्त्री नियुक्त हुने भएका छन् ।
राष्ट्रपति कार्यालय शितलनिवासमा प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण साँझ ८:४५ बजे भएलगत्तै ‘क्याबिनेट’ बैठक बस्ने जनाइएको छ ।
पहिलो मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटनदेखि निर्वाचनको मिति घोषणासम्मको घोषणा गर्नेछन् । यी सबै प्रक्रिया र चरणहरूबारे शितलनिवासमा अन्तिम तयारी भइरहेको स्रोतले जनाएको छ ।




प्रतिक्रिया