सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त, केहीबेरमा शपथ

सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त, केहीबेरमा शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् ।

उनलाई शुक्रबार साझँ राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् । त्यस्तै, उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुने भएको छ ।

राष्ट्रपति कार्यालय शितलनिवासमा प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण भएलगत्तै ‘क्याबिनेट’ बैठक बस्ने जनाइएको छ ।

पहिलो मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटनदेखि निर्वाचनको मिति घोषणासम्मको घोषणा गर्नेछन् ।