काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले हालको राजनीतिक परिस्थितिबारे चिन्ता व्यक्त गर्दै संसद् विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय भएको बताएका छन् ।
‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो । त्यसैले सतर्क रहौं, खबरदारी गरौं,’ पोखरेलको भनाइ छ ।
महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेख्दै खबरदारीका लागि आह्वान गरेका छन् ।




प्रतिक्रिया