राष्ट्रियसभा अध्यक्ष र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

राष्ट्रियसभा अध्यक्ष र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग वालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेट गरी बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन्।

भेटका क्रममा दाहालले प्रधानमन्त्री कार्कीलाई राष्ट्रिय सभाको कामकारबाही, वर्तमान अवस्था तथा बानेश्वरस्थित संघीय संसद भवन र सिंहदरबारस्थित संघीय संसद सचिवालयमा भएको क्षतिको विषयमा जानकारी गराए।

त्यस अवसरमा प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरताको मार्गतर्फ अघि बढाउन राष्ट्रिय सभाको महत्वपूर्ण भूमिका रहने बताउँदै वर्तमान राष्ट्रिय सङ्कटको समाधानका लागि सबैको सहकार्य आवश्यक रहेको औंल्याइन्।