‘तिमी मेरो साँचो प्रेम हौ’ भन्दै बालेनले हर्क सामपाङलाई लेखे प्रेमपत्र

‘तिमी मेरो साँचो प्रेम हौ’ भन्दै बालेनले हर्क सामपाङलाई लेखे प्रेमपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाण्डु महानगरका मेयर बालेन्द्र साहा बालेनले धरानका मेयर हर्क सामपाङलाई एक तर्फी नै भएपनि माया गरिरहने बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमा प्रेमपत्र लेख्दै बालेनले एक तर्फी भएपनि माया गर्न नछोड्ने बताएका हुन् ।

उनले लेखेका छन् ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।’ You are my true love.

खासमा हर्कले केहि समय यता बालेनलाई खासै राम्रो मानेका छैनन् । जेनजी आन्दोलनले देशलाई सरकारविहीन बनाएपछि आफू प्रधानमन्त्री बन्न खोजेका हर्क बालेनले सर्पोट नगरेपछि कुडिएका हुन् ।

यस क्रममा उनले फेसबुकमा लगातार बालेनलक्षित स्टाटस लेखिरहेका छन्। को हो त्यो भित्र बसेर खेल्ने रु बरु बाहिरै आएर भिड्न रेडी बन्, हिजो सिंह दरबारमा आगो लगाइदिन्छु जलाइदिन्छु भन्ने, साँच्चै जलाइदिने र अहिलेको गृह मन्त्री बीचमा कुनै सम्बन्ध छ कि संयोग मात्रै हो रुरुरु जस्ता स्ट्याटस लेखेका छन् ।

त्यसकै प्रतिउत्तरमा बालेनले उक्त जवाफ दिएका हुन् ।