सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका बागमती प्रदेशका सभामुखले बुझाए पत्र

सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका बागमती प्रदेशका सभामुखले बुझाए पत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले आज (बुधबार)औपचारिक रूपमा राजीनामा बुझाएका छन्।

जेनजी आन्दोलन तीव्र बनेपछि गत २४ भदौमा सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका पाठकले आज उपसभामुख अप्सरा चापागाईंलाई पत्रमार्फत राजीनामा बुझाएका हुन्।

पत्रमा उनले भनेका छन्, “नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदबाट राजीनामा दिएको छु।”

देश शोकमा डुबेको बेला र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहन अनुचित लागेको कारण उनले पद त्यागेको उल्लेख गरेका छन्।

राप्रपाबाट निर्वाचित पाठकले २४ भदौमा पार्टीका अन्य सांसदहरूसँगै सामूहिक राजीनामा दिने घोषणा गरेका थिए। त्यही दिन काठमाडौंमै रहेका बेला जेनजी आन्दोलन चर्किँदै जाँदा प्रदेशसभाको पुरानो र नयाँ दुवै भवन तथा विद्युतीय उपकरणलगायत संरचना तोडफोड र आगजनीबाट ध्वस्त भएका थिए।