काठमाण्डु – जेनजी आन्दोलनपछि पहिलो पटक नेकपा (एमाले) को बैठक पार्टी कार्यालय, च्यासलमा बसेको छ।
बुधबार आन्दोलनका क्रममा आगजनी र तोडफोडका कारण क्षतिग्रस्त बनेको कार्यालयमा बैठक बसेको हो ।
बैठकको सुरुवातमा जेनजी आन्दोलनका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो। बैठकमा महासचिव शंकर पोखरेलसहितका शीर्ष नेताहरूको सहभागिता रहेको थियो ।
एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार पार्टीका जनसंगठन, सम्पर्क समितिहरू, बागमती इन्चार्ज, अध्यक्ष तथा केन्द्रीय विभाग प्रमुखहरूको संयुक्त बैठकमा संविधान दिवस (असोज ३) को तयारीबारे मुख्य छलफल भएको थियो ।




प्रतिक्रिया