सीके राउतलाई झड्का- जनमतका ६ केन्द्रीय नेताले दिए सामूहिक राजीनामा

सीके राउतलाई झड्का- जनमतका ६ केन्द्रीय नेताले दिए सामूहिक राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- डा. सीके राउत नेतृत्वको जनमत पार्टीभित्र आन्तरिक विवाद चुलिँदै गएपछि पार्टीका ६ जना केन्द्रीय नेताले सामूहिक राजीनामा दिएका छन्।

हिजो मात्र पार्टी अध्यक्ष राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएका ती नेताहरूले बिहीबार साधारण सदस्यसमेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका हुन्।

पार्टी छोड्ने नेतामा उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादव, युवा संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर बम रहेका छन्।

अध्यक्षलाई राजीनामा दिन दिएको चेतावनीपछि राउतले सामाजिक सञ्जालमार्फत पार्टी छोड्न उपयुक्त समय आएको संकेत गरेका थिए।

पार्टी परित्यागको घोषणा गर्दै प्रवक्ता डा. शरदसिंह यादवले भने, “हामी नयाँ पार्टी खोल्न भनेर राजीनामा दिएका होइनौं, उहाँलाई सहज होस् भनेर मात्र पार्टी छोडेका हौं।”