राष्ट्रियसभा समितिका सभापतिहरूलाई बैठक नियमित गर्न अध्यक्ष दाहालको निर्देशन

राष्ट्रियसभा समितिका सभापतिहरूलाई बैठक नियमित गर्न अध्यक्ष दाहालको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बदलिएको राजनीतिक परिस्थितिको सन्दर्भमा राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रिय सभाका समिति सभापति र सचिवहरूसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित कार्यकक्षमा सभाका ४ विषयगत समितिका सभापति र सचिवहरूसँग छलफल गरी समितिका बैठक तथा कामकारबाहीहरू नियमित गर्न निर्देशन दिए । 

छलफलमा राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे, समिति सभापतिहरू मायाप्रसाद शर्मा, तुलसा कुमारी दाहाल, कमलादेवी पन्त र सोनाम गेञ्जेन शेर्पा, राष्ट्रिय सभा सचिव डा. सुरेन्द्र अर्याल र समिति सचिवहरू सहभागी थिए ।