काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । मंगलबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने तय भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार बैठकमा मुख्यतया सात एजेन्डामा छलफल हुने छ। जसमा समसामयिक अवस्था र बैठक बारे, प्रदेश बैठकहरूबाट प्राप्त विवरण (सभापतिहरूको तर्फबाट), परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा, पार्टी संगठन एवं विभाग सम्बन्धी, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति, पार्टीको ऐतिहासिक महाधिवेशन र विविध विषयहरू रहेका छन् ।




प्रतिक्रिया