काठमाण्डु– प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न राष्ट्रपतिको कार्यालय शितल निवास जाने भएकी छिन् ।
प्रधानमन्त्री कार्की बुधबार दिउँसो १२ बजे शीतल निवास पुग्ने भएकी हुन् ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ।
कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गर्नुपर्ने जिम्मेवारी रहेको छ । यसै विषयमा छलफल हुने बुझिएको छ ।




प्रतिक्रिया