काठमाण्डु – पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्ष पद त्याग गरेका छन् ।
बुधबार काठमाण्डुमा बसेको केन्द्रीय समिति बैठकमा उनले पद त्याग गरेका हुन् ।
पार्टी उपाध्यक्ष मानुषीयमी भट्टराईका अनुसार उनले पद त्यागको प्रस्ताव राख्दै विशेष महाधिवेशन फागुनमा गर्ने प्रस्ताव गरेका छन् । ‘उपाध्यक्ष दुर्गा शोवको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव भएको छ,’ उनले भनिन्, ‘यसबारे थप जानकारी भोलि (बिहीबार) पत्रकार सम्मेलन गरेर दिइनेछ ।’
महाधिवेशनका लागि आयोजक कमिटी समेत गठन गरिएको छ । आयोजक कमिटीको संयोजकका रूपमा वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई तोक्ने तयारी रहेको जनाइएको छ ।




प्रतिक्रिया