काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले भोलि बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार अपराह्न ४:०० बजे मन्त्रिपरिषद्को बैठक बस्ने र साँझ ६:०० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ ।
जेनजी आन्दोलनको जगमा गठित अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्कीले पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी छन् ।
गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त सुशीला कार्कीले जेनजीलाई समेटेर मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेकी छैनन् । प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ ।




प्रतिक्रिया