प्रधानमन्त्री कार्कीको स्पष्ट सन्देश : चुनावी सरकारले जेनजीका सबै माग पूरा गर्न सक्दैन

प्रधानमन्त्री कार्कीको स्पष्ट सन्देश : चुनावी सरकारले जेनजीका सबै माग पूरा गर्न सक्दैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान चुनावी सरकारले जेनजी युवाको आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्ने अवस्था नरहेको स्पष्ट पारेकी छन् ।

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले परिवर्तन पक्षले निर्वाचनमा सहभागी भई संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्न आग्रह गरेकी छन् ।

शासकीय स्वरूप लगायत विषयमा चुनावी सरकारले केही गर्न नसक्ने बताइन् । ‘आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्ने अवस्था छैन तर कतिसम्म गर्न सक्छौं, इमान्दार प्रयास गर्नेछौं । भ्रष्टाचार न्युनीकरणमा वर्तमान सरकारले दृढताका साथ काम गर्नेछ । ढिलासुस्ती, घुस माग्ने, काम पन्छाउने, अनावश्यक दु:ख दिने जस्ता कार्य भएमा तत्काल निराकरणका लागि हटलाइनको व्यवस्था गरिएको छ,’ उनले भनिन्, ‘‘शासकीय स्वरूपको विषय वर्तमान सरकारको कार्यक्षेत्र बाहिरको विषय हो ।’

उनले जेनजी आन्दोलनमा दमन गर्ने दोषीमाथि कारवाही गर्न सरकार प्रतिबद्धता रहेको बताएकी छन् ।