१८ दिनपछि आज मन्त्रिपरिषद बैठक बस्दै

१८ दिनपछि आज मन्त्रिपरिषद बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मन्त्रिपरिषद्को बैठक मंगलबार बस्दैछ ।

यसअघि १८ दिनदेखि बैठक बस्न सकेको थिएन। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार दिउँसो ३ बजे मन्त्रिपरिषदको नियमित बैठब बस्न लागेको हो ।

विवादास्पद व्यक्ति इनम सापकोटासँग हाई प्रोफाइल व्यक्तिहरूको कनेक्सन रहेको घटना सार्वजनिक भएपछि मन्त्रिपरिषद् बैठक प्रभावित हुँदै आएको हो ।

मन्त्रिपरिषद्को नियमित बैठक साताको दुईपटक सोमबार र बिहीबार बस्दै आएको छ । साथै आवश्यकताअनुसार प्रधानमन्त्रीले जुनसुकै समयमा आकस्मिक वा विशेष बैठक बोलाउन सक्ने व्यवस्था छ । तर पछिल्लो घटनाका कारण दुई साताभन्दा बढी समयदेखि बैठक बस्न सकेको छैन। पछिल्लो पटक गत असोज ३० गते मन्त्रिपरिषद् बैठक बसेको थियो।