नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा जनशक्ति (सूचनासहित)

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा जनशक्ति (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्ड – नेपाल प्रहरीले ठूलो संख्यामा भर्नाको लागि दरखास्त आह्वान गरेको छ ।

प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, भर्ना छनोट शाखाले शुक्रबार सूचना जारी गर्दै प्रहरी जवान र कार्यालय सहयोगीका लागि दरखास्त आह्वान गरेको हो ।

जनपद प्रहरी जवानतर्फ १ हजार ५५३, प्रहरी कार्यालय सहयोगी हजाम तर्फ ११, कुचीकारतर्फ १५ र खेलाडीतर्फ १५ पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गरिने सूचनामा उल्लेख छ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असोज १९ गतेदेखि आगामी कात्तिक २८ गतेसम्म निवेदन दिन सक्नेछन्।

खेलाडीतर्फ फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, जुडो, कराँते र तेक्वान्दो विधाका खेलाडीले मात्रै दरखास्त दिने सक्ने सूचनामा उल्लेख छ।