काठमाण्डु – शिक्षा, विज्ञान र प्रविधिमन्त्री महावीर पुनले युवालाई आउदो २१ फागुनमा हुने चुनावको तयारीमा लाग्न अनुरोध गरेका छन्।
उनले बाँडिएर होइन, एकजुट भएर निर्वाचनमा भाग लिन युवालाई अनुरोध गरेका हुन्।
योग्य, नैतिकवान् र दृढ सङ्कल्प भएको युवा जन प्रतिनिधिहरू छान्न कत्ति पनि झैझगडा नगरीकन सङ्गठित रूपमा चुनावमा भाग लिने तयारीमा लाग्न पनि उनले आह्वान गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत आह्वान गर्दै उनले लेखेका छन्, ‘भ्रष्टाचारलाई सकेसम्म कम गरेर सबै जनतालाई सुशासन दिने सरकार बनोस्, नेपाल आर्थिक रूपमा सम्पन्न बनोस्, विदेशीले चलखेल गर्न नपाऊन् र प्रत्यक्ष राष्ट्रपति चुन्ने व्यवस्था आओस् भन्ने सपना देख्ने सबै नेपालीले योग्य, नैतिक र दृढ संकल्प भएको युवा जनप्रतिनिधि छान्न कुनै पनि झगडा नगरी संगठित रूपमा चुनावमा भाग लिने तयारीमा तुरुन्त लाग्नुहोस् भन्ने आह्वान गर्छु।’
‘कुहिएका नेतालाई हटाएर स्वच्छ युवा नेतालाई अत्यधिक बहुमतको सरकार नबनाएसम्म ठूलो परिवर्तन सम्भव छैन’, मन्त्री पुनले लेखेका छन् ।





प्रतिक्रिया