नवरात्रामा मोदीले मात्र गर्छन् जलाहार र फलाहार

नवरात्रामा मोदीले मात्र गर्छन् जलाहार र फलाहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नवरात्रामा सबैले देवीको पूजा–भक्ति गर्छन् तर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने पूजा भने फरक हुन्छ ।

नवरात्रामा साधारण मानिस जहाँ फलाहार र मिठाइमा टिकिरहन्छन्, त्यहाँ मोदी आफ्नो जीवनलाई अनुशासनको प्रयोगशालामा बदलिदिन्छन्।

यो व्रत उनका लागि शरीरभन्दा बढी मन र आत्मालाई साध्ने साधना रहेको उनी निकट नेताहरू बताउँछन् ।

मोदीको व्रत केवल पूजा–पाठमा सीमित नभई एक गहिरो साधना भएको उनीहरूको भनाइ छ ।

मोदीका अनुसार नवरात्राका ९ दिन उनका जीवनका सबैभन्दा शुद्ध दिन हुन्छन्। भोजन त्यागले केवल भोकै राख्दैन, इन्द्रियहरूलाई तीक्ष्ण बनाउने उनको धारणा छ ।

उनी मान्छन् कि उपवासमा पानीको सुगन्ध पनि महसुस हुन्छ। ‘यो साधारण उपवास होइन, यो तपस्या हो, जहाँ भोकको पीडा आत्मबलमा रूपान्तरण हुन्छ’ मोदी भन्छन् ।

प्रधानमन्त्री मोदीको व्रत अरुभन्दा फरक छ। उनी एक फल रोज्छन् र पूरै व्रतमा केवल त्यही ग्रहण गर्छन् । उनी कहिले मेवा, कहिले स्याउ त कहिले नरिवलको पानी मात्र सेवन गर्छन्।

यो तरिकाले उनी शरीरलाई सरल राख्ने मात्र होइन, मनलाई पनि एकाग्र राख्ने गर्छन्। ‘जब स्वाद र विकल्पहरूमा नियन्त्रण हुन्छ, आत्मामाथि अधिकार आफैं बढ्छ’, उनी भन्छन् । यसको उल्लेख उनले एक पडकास्टमा पनि गरिसकेका छन्।

कहिलेकाहीँ उनी नवरात्रको पूरै दिन केवल मनतातो पानी पिएर बिताउँछन्। यो सुन्दा जो–कसैलाई अचम्म लाग्न सक्छ कि भारतको सबैभन्दा व्यस्त र दबाबमा रहने प्रधानमन्त्रीले यस्तो साधना कसरी निभाउँछन्। तर मोदीका लागि यो चरम संयम हो, जहाँ शरीरको ऊर्जा भित्री सफाइतर्फ लगाइन्छ र मन शून्यतर्फ उन्मुख हुन्छ।

व्रत बाहेक पनि प्रधानमन्त्री मोदीको भोजन अत्यन्त सादगीपूर्ण छ । मोरिंगाको पराठा, नीमका पात र मिश्री, खिचडी र हल्का भोजन उनी नित्य सेवन गर्छन् ।

यी सबै उनका दैनिकीका अङ्ग हुन्। योग, ध्यान र पैदल हिँडाइसँग जोडिएको उनको दिनचर्याले देखाउँछ कि उनी स्वास्थ्य र अध्यात्मलाई जीवनको आधार मान्छन्।