इलाम – बाढीपहिरोको जोखिम परेकाहरूलाई नेपाली सेनाले सक्रियतापूर्वक उद्धार गरेको छ ।
सेनाले आफ्नो हेलिकप्टरमार्फत इलामका विभिन्न ठाउँबाट पीडितहरुको उद्धार गरेको हो ।
माङसेबुङ गाउँपालिका–१ पातीगाउँ, इलाम नगरपालिका–६ गुम्बाडाँडाँ र मानेभज्याङ्ग इलाकामा पहिरोले क्षति पुर्याएको हुँदा खोज तथा उद्धार कार्यको लागि असोज १९ गते २१ नम्बर बाहिनी अड्डा र अन्तर्गतका युनिटहरूबाट खटिएको फौजले उद्धारमा सक्रियता देखाएको हो ।
सेनाले माङसेबुङ–१ पातीगाउँबाट गम्भीर घाइते २ जना (पुरुष १ र गर्भवती महिला १) लाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरी थप उपचारको लागि धरान एवं इटहरी लगेको थियो ।




प्रतिक्रिया