दार्जिलिङमा पहिरोमा परेर २३ नेपालीभाषीको मृत्यु

दार्जिलिङमा पहिरोमा परेर २३ नेपालीभाषीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निरन्तरको वर्षापछि आएको बाढीपहिरोमा परी भारत पश्चिम बंगालको दार्जिलिङमा मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ, मृत्यु हुनेमा अधिकांश नेपालीभाषी छन् ।

निरन्तर वर्षाका कारण पहाडी शहर र आसपासका क्षेत्रहरूमा १ दशककै सबैभन्दा ठूलो पहिरो गएको छ । पहिरोले घरहरू बगाएको छ, सडकहरूमा क्षति पुगेको छ । दार्जिलिङ, मिरिक, खरसाङ, कालेम्बुङ लगायतका क्षेत्रहरू वर्षाले बढी प्रभावित भएका हुन् ।

भारतले नेपालको सिमावर्ति मानेभन्ज्याङमा मृत्यु भएका नेपाली नागरिकहरूको संख्यालाई पनि गणना गरेको छ, जसअनुसार १८ जना भारतीय र ५ जना नेपालीको निधन भएको जनाइएको छ ।

राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) र पश्चिम बंगालको दार्जिलिङ र जलपाइगुडी जिल्ला प्रशासनद्वारा संकलित प्रतिवेदन अनुसार, धेरै स्थानहरू सरसाली, जसबीरगाउँ, मिरिक बस्ती, धार गाउँ (मेची), मिरिक ताल क्षेत्र र जलपाइगुडी जिल्लाको नागरकाटा क्षेत्रमा मृत्यु हुनेको संख्या धेरै छ ।

पहिरो र वर्षाका कारण सयौ पर्यटकहरू अलपत्र परेका छन् । भारी वर्षाले मिरिक र दुधिया बीचको फलामको पुलमा क्षति पुर्‍याएको छ ।

यता, दार्जिलिङमा गएको विनाशकारी पहिरोबाट विस्थापित ४० भन्दा बढी गाउँलेहरू मिरिकको सामुदायिक हलमा आयोजित राहत शिविरमा आश्रय लिएका छन् ।

प्रभावित गाउँलेहरूमध्ये एक राजन क्षेत्रीले परिवारका सदस्यहरू र आफ्नो घर गुमाएको बताए । आईतबार बाढी प्रभावित क्षेत्रहरुबाट १६० भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको थियो । यता, दार्जिलिङको सीमावर्ती जिल्ला इलाममा सोही किसिमको वर्षापछिको पहिरोमा परी मृत्यु हुनेको संख्या ३७ नाघिसकेको छ । (एएनआई)