ओलीलाई पक्राउ गरे देशभरि आगो बल्छ : महेश बस्नेत

ओलीलाई पक्राउ गरे देशभरि आगो बल्छ : महेश बस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एमाले नेता महेश बस्नेतले गत महिना जेनजी आन्दोलनका क्रममा भएको घटनाहरूको सबै हिसाब गरेर राखेको बताएका छन् ।

उनले आफूहरुलाई पक्राउ गरेर देखाउन पनि चुनौती दिएका छन् ।

बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा नेता बस्नेतले आफूहरूलाई पक्राउ गर्न गृहमन्त्री ओमप्रकाश अर्याललाई चुनौती दिए ।

‘एमाले अध्यक्ष केपी ओली र महेश बस्नेत छाती फर्काएर हिँड्दैनन्’, बस्नेतले भने, ‘हिजो राणा, पञ्च र शाही शासन माओवादीलाई युथफोर्स बनाएर कान्छी औलाको भरमा लडेको महेश बस्नेतको टोली हो ।’

उनले अहिले हावाभरका जनेजी नामका नौटंकीहरुले च्यालेन्ज गरेर गृहमन्त्री हाहुमा लागे सावधान हुन आग्रह गरे । उनले भ्रष्टचारीलाई छानबिन गर्न एमाले सहयोग गर्न तयार रहेको पनि बताए ।

उनले बालेन शाह र सुदन गुरुलाई पहिला छानबिन गर्नुपर्ने बताए । उनले भ्रष्टाचारको छानबिन गर्ने भए वर्तमान मन्त्रीहरू रामेश्वर खनाल र कुलमान घिसिङबाट सुरु गर्ने आग्रह गरे । विदेशीको योजनामा सार्पसुटर ल्याएर आन्दोलनको नाममा हत्या गरिएको दाबी गर्दै बालेन शाहमाथि पनि छानबिन हुनुपर्ने उनले बताए

उनले भने, ‘केपी ओलीलाई छोए देशभरि आगो बल्नेछ ।’ बस्नेतले युवासंघले असोज २५ गते मोटरसाईल र्याली गरेर आफ्नो शक्ति देखाउने पनि बताए ।

उनले जेनजी आन्दोलनका क्रममा घरजलेका अध्यक्ष ओलीलाई गुण्डुवासीले जग्गा उपलब्ध गराउने दाबी गरे ।