काठमाण्डु – सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
दुईवटा कम्पनीका हेलिकप्टर अवतरणका क्रममा एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी नवीनराज बुढाथोकीले फिस्टल एयर र एयर डाइनस्टीको हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको बताएका छन् ।
फेरिचे हेलिप्याडमा अवतरणको क्रममा दुई हेलिकोप्टरको पंखा ठोक्किएको हो ।
उनका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिकास्थित सगरमाथा क्षेत्रको खुम्बु उपत्यकामा अवस्थित फेरिचे हेलिप्याडमा दुर्घटना भएको हो।


प्रतिक्रिया