मन्त्री घिसिङद्वारा टीयू क्रिकेट मैदानको अनुगमन, चाँडो काम सक्न निर्देशन

मन्त्री घिसिङद्वारा टीयू क्रिकेट मैदानको अनुगमन, चाँडो काम सक्न निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले टीयू क्रिकेट मैदानको अनुगमन गरेका छन् ।

बिहीबार मन्त्री घिसिङले कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानको अनुगमन गरेका हुन् ।

मैदानको अनुगमन गर्दै उनले टीयू क्रिकेट मैदान राष्ट्रिय महत्त्वको कुरा भएको बताए । उनले क्रिकेट नेपालको आवश्यकता भएकाले जुनसुकै सरकार आए पनि टीयू क्रिकेट मैदानलाई प्राथमिकता दिएरै अगाडि लानुपर्ने बताए ।

उनले भने, ‘धेरै खेलको पूर्वाधारहरू बनाउनुपर्नेछ । अरु पनि पूर्वाधारहरूलाई हामीले प्राथमिकतामा राखेर काम गरिरहेका छौं । टीयू क्रिकेट मैदान राष्ट्रिय महत्त्वको कुरा हो । यो नेपालको आवश्यकता हो । आमनेपाली जनताको वा खेलाडीहरूको चाहना हो । यसलाई कुनै पनि सरकार आए पनि प्राथमिकता दिएरै अगाडि लानुपर्छ ।’

त्रिवि क्रिकेट मैदानको काम चाँडो सक्न निर्देशन दिएका उनले छन् । घिसिङले १ महिनाभित्र काम सक्न निर्देशन दिएका छन् ।

मैदानको पहिलो फेजको काम करीब अन्तिम चरणमा पुगेको र दोस्रो एवं तेस्रो फेजको काम अघि बढेको उनले बताए । उनले नेपाल प्रिमियर लिग एनपीएल सुरु हुनुपूर्व नै फ्लर्ड लाइटको काम सक्न निर्देशन दिएका हुन् । उनले भने, ‘१७ नोभेम्बरदेखि एनपीएल सुरु हुँदैछ, सबै काम सक्नुस् ।’

उनले अब ४० दिनभन्दा कमको समय बाँकी रहेको भन्दै दिनरात नभनी काम गर्न पनि निर्देशन दिए । निर्माण कम्पनीका प्रतिनिधि सरोज दाहालले काम अन्तिम चरणमा पुगेको बताउँदै एनपीएल अघि तयार हुने बताए ।

अवलोकनका क्रममा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले मन्त्री सहितको टोलीलाई मैदान निर्माणको वस्तुस्थितिबारे जानकारी गराएका थिए ।