जेनजी आन्दोलन छानबिनमा अन्योल ! ओली र लेखकविरुद्धको जाहेरी आयोगले नहेर्ने, प्रहरीमै फिर्ता

जेनजी आन्दोलन छानबिनमा अन्योल ! ओली र लेखकविरुद्धको जाहेरी आयोगले नहेर्ने, प्रहरीमै फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जेनजी आन्दोलनका क्रममा राज्यबाट भएको दमनविरुद्ध परेको जाहेरीलाई भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझ आयोगले छानबिन नगर्ने भएको छ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरीलाई प्रहरीले थप कारवाहीका लागि जाँचबुझ आयोगमा पठाए पनि आयोगले सो जाहेरी पुन: प्रहरीमै फिर्ता पठाएको छ ।

आयोगले नेपाल कानूनबमोजिम फौजदारी अपराधमा अनुसन्धान र अभियोजनको अधिकार प्रहरीलाई नै भएको स्पष्ट पार्दै जाहेरी फिर्ता पठाएको छ । आयोगको बिहीबार बसेको बैठकले ओली र लेखकविरुद्ध परेका जाहेरी प्रहरीलाई नै फिर्ता पठाउने निर्णय गरेको छ ।

यस्तो छ आयोगको विज्ञप्ति –