काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारद्वारा नवनियुक्त राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का प्रमुख टेकेन्द्र कार्की भारत जाने भएका छन् ।
प्रमुख कार्की ३ सदस्यीय टोलीको नेतृत्व गर्दै आगामी सोमबार भारत जान लागेका छन् । उनी ३ दिन भारत भ्रमणमा रहनेछन् ।
भारतको विदेशी गुप्तचर संस्था रअ प्रमुख पराग जैनसँग औपचारिक चिनारी र सम्बन्ध सुदृढीकरणका लागि प्रमुख कार्की भारत भ्रमणमा जान लागेका बताइएको छ । नयाँ गुप्तचर प्रमुख नियुक्त भएपछि भारत भ्रमणमा जाने परम्परा रहँदै आएको विभाग स्रोतले जनाएको छ । यसअघिका प्रमुखहरू हुतराज थापा र गणेश अधिकारी पनि नवनियुक्त हुँदा भारत भ्रमणमा गएका थिए ।
भ्रमण टोलीमा विभागका डीआईजी कृष्ण खनाल र भक्तपुरका एसपी टेकराज तिमिल्सिना पनि छन् । आतंकवाद, लागूऔषध, मानव बेचबिखन लगायतमा दुवै देशका गुप्तचरले मिलेर काम गर्ने गरेका छन् ।




प्रतिक्रिया