राष्ट्रपति पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख दलका नेताहरू सहभागी

राष्ट्रपति पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख दलका नेताहरू सहभागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा शीर्ष नेताहरू सहभागी भएका छन् ।

आगामी निर्वाचन लगायत विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले सरकार र विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई बोलाएका थिए । बैठकमा अन्तरिमा सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित सबैमन्त्री सहभागी भएका राष्ट्रपति सचिवालयले जनाएको छ ।

बैठकमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव वर्षमान पुन सहभागी भए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कार्यबाहक सभापति डीपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र  महासचिव धनश्याम भुसाल सहभागी भए ।

जनता समाजवादी पार्टी (जसपा) बाट रेनु यादव, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा. जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापती, जसपा नेपालबाट विद्युत बज्रचार्य र प्रकाश अधिकारी सहभागी भएका छन् ।