प्रधानमन्त्री कार्कीको अध्यक्षतामा सुरक्षा परिषद्को बैठक बस्दै

प्रधानमन्त्री कार्कीको अध्यक्षतामा सुरक्षा परिषद्को बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय सुरक्षा परिषद्को बैठक सोमबार बस्दैछ ।

प्रधानमन्त्री सुशिला कार्कीको अध्यक्षतामा दिउँसो २ बजे बैठक बस्न लागेको हो । पछिल्लो राजनीतिक तथा सुरक्षा अवस्थाबारे समीक्षा गर्न बैठक बोलाइएको स्रोतले जानकारी दिएको छ।

कार्की प्रधानमन्त्री भएपछि पहिलो पटक परिषद्को बैठक बस्न लागेको हो ।

बैठकमा गृह र अर्थमन्त्री, प्रधानसेनापतिका साथै प्रधानमन्त्रीले तोकेका अन्य मन्त्रीको पनि उपस्थिति रहनेछ ।

स्रोतका अनुसार हालैको राजनीतिक परिवर्तनपछि देशभरको सुरक्षा स्थिति, सीमावर्ती गतिविधि र भूराजनीतिक चासोका विषयमा परिषद्ले विस्तृत छलफल गर्ने तयारी गरेको छ।

बैठकले आवश्यक निर्देशन तथा आगामी रणनीति तय गर्ने पनि अपेक्षा गरिएको छ।