काठमाण्डु प्रशासनले आजदेखि २ सिफ्टमा राहदानी सेवा सुरू गर्दै (सूचनासहित)

काठमाण्डु प्रशासनले आजदेखि २ सिफ्टमा राहदानी सेवा सुरू गर्दै (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जिल्ला प्रशासन कार्यालय काठमाण्डुले २ सिफ्टमा राहदानी आवेदनसम्बन्धी सेवा सुरु गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी मुक्तिराम रिजालका अनुसार आजदेखि राहदानी सेवा दुई सिफ्टमा सञ्चालन हुनेछ ।

बुधबारलेखि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म दुई सिफ्टमा सेवा सञ्चालन हुनेछ ।

सीमित आवेदन स्टेशनबाट सुरु गर्न लागिएको सो सेवाका लागि आवेदन गर्न साँझ ५ बजे अनलाइन स्लट खुल्नेछ।

सेवाग्राहीको अत्यधिक सेवाग्राहीको चाप भएको र सीमित आवेदन स्टेशन भएकाले सेवाग्राहीहरु आवेदन फारममा उल्लेख भएको समयमा उपस्थित हुनुपर्ने छ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयको भवनमा आगजनी र तोडफोडका कारण सेवा प्रभावित भएको थियो।