प्रधानमन्त्रीको प्रेस संयोजकमा रावल नियुक्त

प्रधानमन्त्रीको प्रेस संयोजकमा रावल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा पत्रकार रामवहादुर रावल नियुक्त भएका छन्।

अनलाइन समाचार पोर्टल नेपालखबरका सम्पादक रावललाई प्रधानमन्त्री कार्कीले प्रेस संयोजकमा नियुक्त गरेकी हुन्।

उनी कानुन क्षेत्रको रिपोर्टिङमा दक्ष पत्रकारका रूपमा परिचित छन्।

उनले यसअघि कान्तिपुर टेलिभिजन, नेपाल साप्ताहिक र ग्यालेक्सी टेलिभिजनमा नेतृत्व तहमा रहेर काम गरिसकेका छन्।

लामो पत्रकारिता अनुभव भएका रावलले राजनीतिक, कानुनी र प्रशासनिक विषयमा गहिरो अध्ययन र विश्लेषण गर्ने क्षमता राख्छन्।

प्रधानमन्त्री कार्कीको प्रेससम्बन्धी समन्वय, सूचना प्रवाह र मिडिया व्यवस्थापनको जिम्मेवारी अब रावलले सम्हाल्नेछन्।