सर्तसहित तत्कालीन गृहसचिव दुवाडीमाथि उपत्यका छाड्न लगाइएको बन्देज हटाइयो (विज्ञप्ति)

सर्तसहित तत्कालीन गृहसचिव दुवाडीमाथि उपत्यका छाड्न लगाइएको बन्देज हटाइयो (विज्ञप्ति)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- तत्कालीन गृहसचिव गोकर्णमणी दुवाडीमाथि लगाइएको उपत्यका छाड्न नपाउने आदेश फुकुवा गरिएको छ ।

भदौ २३ र २४ को घटना जाँचबुझ आयोगले शुक्रबार दुवाडीमाथि लगाइएको बन्देज फुकुवा गर्ने निर्णय गरेको हो ।

उनी सार्वजनिक संरचना पुननिर्माण आयोजनाको संयोजक भएकाले सातै प्रदेशमा जानुपर्ने भएकाले सो रोक ७ दिनका लागि हटाइएको हो ।

आयोगले बोलाएको बेला बयानमा जतिबेला पनि आउनेगरी बन्देज हटाइएको छ ।

तर, विदेश भ्रमणमा लगाइएको रोक भने यथावत राखिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।