काठमाण्डु काठमाण्डुका विभिन्न ५ क्षेत्रहरूमा २ महिनासम्म प्रदर्शन,धर्ना,जुलुस जस्ता विरोधका कार्यक्रम गर्न नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डुले भोली (शनिबार)देखि थप २ महिनासम्म लागु हुनेगरि विभिन्न ५ ठाउँमा ५ जनाभन्दा बढी भेला भई विरोधका कार्यक्रम गर्न बन्देज गरेको हो ।
विरोधका कार्यकमहरू आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उच्छृङ्खल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम् हुलदङ्गा वा अशान्ति हुनसक्ने भन्दै प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले विरोधका कार्यक्रमहरू निषेध गर्न शुक्रबार आदेश जारी गरेका हुन् ।
आदेशको अवज्ञा गरी तोकिएको क्षेत्रमा प्रदर्शन गरिएमा र त्यसबाट कुनै सरकारी वा व्यक्तिगत सम्पत्तिमा नोक्सानी भएमा त्यसको क्षतिपूर्ति आयोजकबाटै असुलउपर गरिने चेतावनीसमेत दिइएको छ ।
विरोध प्रदर्शनका लागि निषेध गरिएका ठाउँहरूमा शीतल निवास, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटार, सिंहदरबार, नारायणहिटी दरबार संग्रहालय तथा आसपासका क्षेत्र छन् ।






प्रतिक्रिया