स्थानीयको चन्दा र श्रमदानबाट प्रहरी भवन पुनर्निर्माण

स्थानीयको चन्दा र श्रमदानबाट प्रहरी भवन पुनर्निर्माण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – रौतहटमा जेनजी आन्दोलनका क्रममा क्षति पुगेको प्रहरी कार्यालय भवन पुनर्निर्माण गरी हस्तान्तरण गरिएको छ ।

गत भदौ २४ गते आन्दोलनका क्रममा जेनजीहरूले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको भवनमा आगजनी गरेका थिए ।

भवनमा आगजनीले बस्न अयोग्य भएपछि स्थानीयहरूले चन्दा र श्रमदानबाट भवन पुनर्निर्माण थालेको करीब २ महिनापछि हस्तान्तरण गरिएको छ ।

भवन शनिबार प्रहरीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायव उपरीक्षक रुपा लाबुङले जलेको भवनको पुनर्निर्माण गरी प्रहरीलाई बस्न र प्रशासनिक एवं अनुसन्धानमा सहज पुर्‍याएकोमा भवन निर्माणका अभियन्ताप्रति अभार व्यक्त गरेकी छन् ।

भवन पुनर्निर्माणका लागि स्थानीयवासीहरूले नगद, जिन्सी सामग्री र श्रमदानमार्फत सहयोग गरेका हुन् । भवन निर्माणमा चासो राख्ने र अभियान चलाउने शिवराम राउत, बलराम भण्डारी, तेजबिक्रम कार्कीको भूमिका महत्त्वपूर्ण रहेको नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष सञ्जय कार्कीले बताए ।

चन्द्रनिगाहपुरका युवाहरूको पहलमा बजारमा रहेको अस्थायी प्रहरी पोष्ट पुनर्निर्माण गरिएको छ । प्रहरी भवन निर्माणमा सहयोग गर्ने चन्दादाताहरूको दान समेत सुनाइएको थियो ।