प्रधानसेनापति सिग्देलद्वारा रथी श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान

प्रधानसेनापति सिग्देलद्वारा रथी श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति अशोकराज सिग्देलले रथी दर्जामा पदोन्नति भएका गणेशकुमार श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

बुधबार नेपाली सेनाको मुख्यालयमा आयोजित समारोहमा सेनापति सिग्देलले श्रेष्ठलाई रथी दर्जाको चिह्न प्रदान गरे ।

श्रेष्ठलाई मन्त्रिपरिषद्को निर्णयअनुसार २०८२ असोज ३० गतेदेखि रथीमा पदोन्नति दिइएको छ । पदोन्नतिसँगै उनी बलाध्यक्ष पदमा नियुक्त भएका छन् ।

कार्यक्रममा रथीवृन्द, विभिन्न अधिकृतहरू तथा पदोन्नति भएका रथीहरूको परिवारजनको उपस्थिति रहेको नेपाली सेनाले जनाएको छ ।