जनकपुरधाममा धुमधामका साथ हनुमान जयन्ती मनाइँदै

जनकपुरधाममा धुमधामका साथ हनुमान जयन्ती मनाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – जनकपुरधाममा धुमधामका साथ श्री हनुमान जयन्ती मनाइँदैछ ।

हनुमान जयन्तीको अवसरमा आईतबार जनकपुरधाममा शोभायात्रा निकालिएको छ ।

मिथिलाञ्चल सांस्कृतिक कला परिषद्ले जनकपुरधामस्थित रेल्वे स्टेसनबाट शोभायात्रा निकालेको छ । आईतबारैको दिनमा हनुमानको जन्म भएको मान्यता रहेको छ ।

लक्ष्मी पुजाको १ दिन पहिला हनुमान जयन्ती मनाउने परम्परा अनुसार १५ वर्षदेखि जनकपुरधाममा भव्यताका साथ आफूहरूले जयन्ती मनाइरहेको परिषद्का अध्यक्ष शभ्मु साहले बताए ।

हनुमान जयन्तीलाई समेत प्राथमिकताका साथ मनाउन मिथिलाञ्चल र जनकपुरधामवासीहरूलाई उनले आग्रह गरे । स्टेसन चोकबाट निकालिएको शोभायात्रा जनकपुरधामको जानकी मन्दिरमा पुग्दा मन्दिरका पुजारीले भव्य स्वागत गरेका थिए ।

हनुमान, शिव र गरुडको कलात्मक प्रतिरूपसहित बैण्डबाजा र झाँकी सहित निकालिएको सोभायात्रामा महिला, युवा, साधुसन्तहरूको सहभागिता रहेको थियो । शोभायात्राको उद्घाटन मधेश प्रदेशका सांसद जसपा नेपाल मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादवले गरेका थिए ।