काठमाण्डु – नेपाली सेनाले अधिकृतहरूको सरुवा गर्दै कमाण्डमा हेरफेर गरेको छ ।
सैनिक सचिव विभागको आन्तरिक सर्कुलरअनुसार २ जनालाई कमाण्ड, १ जनालाई व्यवस्थापक अधिकृत र ३ जनालाई सरुवा गरिएको छ ।
भदौ २४ गतेको आन्दोलनका क्रममा सिंहदरबार परिसरमा राजनीतिक नेताहरूलाई आश्रय दिने प्रमुख सेनानी गणेश खड्कालाई नम्बर २ बाहिनी अड्डा धनकुटा सरुवा गरिएको छ ।
नम्बर १ बाहिनी अड्डा बालाजूका प्रमुख सेनानी सुदिपकुमार सिंहलाई भवानीबक्स गण र सुदूरपश्चिम पृतना मुख्यालयका प्रमुख सेनानी बसन्तनाथ योगीलाई नरसिंहदल गणमा सरुवा गरिएको छ ।
नम्बर ३ बाहिनी अड्डा पोखराका प्रमुख सेनानी खिलबहादुर रानालाई व्यवस्थापक अधिकृतको रूपमा सैनिक आवासीय महाविद्यालय कैलालीमा पठाइएको छ ।
भवानीबक्स गणका प्रमुख सेनानी तेजेन्द्र मगरलाई नम्बर ५ बाहिनी अड्डा र सैनिक आवासीय महाविद्यालय कैलालीका शिव भडेललाई नम्बर २४ बाहिनी अड्डामा सरुवा गरिएको सैनिक स्रोतले जनाएको छ ।




प्रतिक्रिया