पूर्वराष्ट्रपति भण्डारीसँग प्रधानसेनापति सिग्देलको भेटवार्ता, के भयो कुराकानी ?

पूर्वराष्ट्रपति भण्डारीसँग प्रधानसेनापति सिग्देलको भेटवार्ता, के भयो कुराकानी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानसेनापति अशोकराज सिग्देलले सोमबार भेटवार्ता गरेका छन् ।

गत भदौ २४ गतेको विध्वंशकारी आन्दोलनमा आफ्नो भंगालस्थित निवास जलेपछि अहिले बालुवाटारस्थित छोरी उषाकिरण भण्डारीको घरमा बस्दै आएकी भण्डारीलाई प्रधानसेनापति सिग्देलले निजी निवासमै पुगेर भेट गरेका हुन् ।

प्रधानसेनापति सिग्देल दिउँसो करीब पौने २ बजे उषाकिरणको निवास पुगेर सवा ३ बजे बाहिरिएका स्रोतले जनाएको छ ।

प्रधानसेनापति सिग्देलले देशको समसामयिक सुरक्षा अवस्था र हालको परिस्थितिबारे पूर्वराष्ट्रपति भण्डारीलाई जानकारी गराएको बताइएको छ ।