काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले विधिपूर्वक गौ पूजा गरेका छन्। कात्तिक कृष्ण औँसी अर्थात गाई तिहारको अवसरमा शीतल निवासमा विधिपूर्वक गौ पूजा गरेका छन् ।
वैदिक मन्त्रद्वारा सम्पन्न यो पूजामा गाईलाई लक्ष्मीको प्रतीक मान्दै खानेकुरा खान दिइएको थियो। तिहारको तेस्रो दिन मनाइने गाई तिहारले नेपाली संस्कृतिमा मानव र प्रकृतिबीचको पवित्र सम्बन्धलाई जोड दिन्छ।
त्यसअवसरमा प्रथम महिला सविता पौडेल पनि उपस्थित थिइन् ।




प्रतिक्रिया