काठमाण्डु – त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली महिला टोलीले शुक्रबार इरानसँग खेल्दैछ ।
खेल भारतको शिलोङमा रहेको जवाहरलाल नेहरु रङ्गशालामा बेलुका सवा ६ बजे शुरू हुनेछ ।
इरान र भारतसँगको त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला टोली बुधवार भारत प्रस्थान गरेको हो ।
नेपालले कात्तिक १० गते भारतसँग खेल्नेछ । यो खेल पनि शिलोङको जवाहरलाल नेहरु रङ्गशालामा नै हुनेछ ।
त्यसपछि नेपालले कात्तिक १३ गते भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने एन्फाले जनाएको छ । यो खेल फिफा विन्डो अन्तर्गत नभएकाले अन्तर्राष्ट्रिय मान्यता पाउने छैन । फिफा वरीयतामा नेपाल ८९औं स्थानमा छ । यस्तै भारत ६३ औं र इरान ७०औं स्थानमा छ ।




प्रतिक्रिया