काठमाण्डु- हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
राति पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।




प्रतिक्रिया