काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्रीसहित गृहसचिव र चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी छन्।
बैठकमा वर्तमान सुरक्षा अवस्थाको विशेषण गरी आवश्यक कदम चाल्न छलफल भएको हो । यस्तै सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि बैठकमा छलफल भएको हो।
बालुवाटारमा भएको उच्चस्तरीय बैठकमा प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू सहभागि थिए ।
त्यस क्रममा जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमबारे पनि प्रधानमन्त्रीले ब्रिफिङ लिएकी हुन् ।
करिब २ घण्टा चलेको बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान सुरक्षा अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए ।
बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा अवस्थाबारे सरकारले सूक्ष्म विश्लेषण गरेको जानकारी दिए । ‘विभिन्न समूहले सडक प्रदर्शन गर्न लागेको जानकारी आएको छ । आफ्ना राजनीतिक मागहरू जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र छन्’, मन्त्री अर्यालले भने, ‘राजनीतिक मुद्दाको सम्बोधनका लागि हामीले संवादको ढोका खुला राखेका छौँ। सम्बद्ध पक्षहरूसँग हामी वार्ता गर्छौँ। संवादबाटै समस्याको समाधान चाहन्छौँ।’
उनले अहिलेको अवस्थालाई विचार गरी जिम्मेवार ढंगले प्रस्तुत भइदिन पनि आग्रह गरे ।




प्रतिक्रिया