काठमाण्डुमा छठ मनाउन ८ स्थान तोकियो

काठमाण्डुमा छठ मनाउन ८ स्थान तोकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – यस वर्षको छठ पर्व मनाउन काठमाण्डु महानगरपालिकाले आठ स्थान तोकेको छ।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले शनिवार पत्रकार सम्मेलन गरी महानगरले छठ पर्व मनाउन ८ वटा स्थान तोकेको जानकारी दिए ।

महानगरले कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभन, टंकेश्वर, बल्खु कुमारी क्लब अगाडि, कुलेश्वर भलिबल ग्राउण्ड र रामघाटमा छठ पर्व मनाउनका लागि ठाउँ तोकिएको छ।

महानगरले यी तोकिएका स्थानहरूमा सरसफाइको काम सुरु गरिसकेको छ । सरसफाइका लागि ३ सयभन्दा बढी सरसफाइकर्मीहरू खटिएका छन्।

पाण्डेले छठ पर्वको नाममा ताल पोखरीमा पैसा उठाउन नपाइने स्पष्ट पारे ।