नेपालगञ्ज – बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिकामा बाघको आक्रमणमा परेर घाँस काट्न गएका १ पुरुषको मृत्यु भएको छ ।
स्थानीय रिम्ना सामुदायिक वनमा घाँस काट्न गएका राप्तीसोनारी गाउँपालिका–९ गुरुवागाउँ नमूना बस्तीका ४० वर्षीय इन्द्रबहादुर खत्रीको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
शुक्रवार राति अबेरसम्म घाँस काटेर नफर्किएपछि शनिवार बिहानैदेखि स्थानीय र प्रहरी सहितको टोलीले रिम्ना सामुदायिक वन क्षेत्रमा खोजी गर्दा सामुदायिक वनको चिल्लेपाटामा खत्रीको शव फेला परेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता दिपक पातलीले जानकारी दिए ।




प्रतिक्रिया