काठमाण्डु– आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकाविरुद्ध २६३ रनको लक्ष्य पाएको छ।
यूएईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपालले टस हारेर ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन जोड्यो ।
अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ७५ रन, साइतेजा मुक्कमल्लाले ४२, आन्द्रेस घोषले ११ कप्तान मोनान्क पटेलले १० रन नोडे भने मिलिन्ड कुमार ७० रनमा अविजित रहे ।
नेपालका लागि सोमपाल कामीले १, आरिफ शेखले १, सन्दीप लामिछानेले २ र दिपेन्द्र सिह ऐरीले १ विकेट लिए ।




प्रतिक्रिया