काठमाण्डु – त्रिदेशीय मैत्रीपूर्ण अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालले सोमबार भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
भारतको सिलोङमा भइरहेको तीन राष्ट्र सम्मिलित मैत्रीपूर्ण अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपाल र भारतले सोमबार खेल्न लागेको हो ।
नेपाल, इरान र घरेलु टोली भारतले सहभागिता जनाएको प्रतियोगिताको उपाधि भने इरानले जितिसकेको छ ।
भारत र नेपाललाई सहजै पराजित गर्दै इरानले त्रिदेशीय मैत्रीपूर्ण अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि जितेको हो ।
नेपाली टोली भारतलाई हराउने लक्ष्यमा छ । टोलीको कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले भारतविरुद्ध जित्नको लागि खेल्ने बताइन् ।
नेपाली फुटबलमा भारत र नेपालको खेल सधैँ नै रोचक हुने गर्छ । यी दुई टोली चिरप्रतिन्द्वी हो । त्यस्तै, सोमबार हुने खेल पनि निकै रोचक हुने अनुमान छ।
यी दुवै टोलीले उपाधि नजिते पनि सामेबार हुने खेलमा सान्त्वना जितको खोजी गर्नेछन् ।
यो प्रतियोगिता भारत र इरानले एफसीसी एसियन कपको तयारीको स्वरुप खेलेका हुन् । यी दुवै टोलीले एसियन कप खेल्दै छन् । नेपालले फिफा विन्डोको सदुपयोग गरेर यो प्रतियोगिता खेल्दै छ ।
नेपाल र भारत हालम्म १८ पटक आमने सामने भएका छन् । जसमा ११ खेल भारतले जित्दा ३ खेलमा नेपालले भारतलाई हराएको छ ।
त्यस्तै, चार खेल बराबरीमा रोकिएको छ । यता, भारतीय भूमिमा नेपाल र भारत ६ पटक आमने सामने भएका छन् । जहाँ भारतले ३ खेल जित्दा नेपालले एक खेलमा मात्र जित हात पारेको छ । त्यस्तै, दुई खेल बराबरीमा रोकिएको छ ।
यस्तो अवस्थामा नेपालभन्दा भारत नै बलियो देखिएको छ । इरानसँग खेलमा गरेको गल्ती भारतको खेलमा सुधार्ने प्रशिक्षक न्यौपानेले बताए ।
यो खेल पछि नेपाल र भारतले कार्तिक १३ गते सिक्किममा अर्का एउटा मैत्रीपूर्ण खेल खेल्ने छ ।




प्रतिक्रिया