घाइते भेट्न पुगेकी स्वास्थ्यमन्त्रीले रुँदै भनिन्- जेनजी आन्दोलन व्यर्थ नजाओस्

घाइते भेट्न पुगेकी स्वास्थ्यमन्त्रीले रुँदै भनिन्- जेनजी आन्दोलन व्यर्थ नजाओस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) अवलोकन गरेकी छन् ।

उनले अवलोकनको क्रममा जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।

अवलोकनका क्रममा घाइतेहरूसँग भेट्दा मन्त्री गौतम भावुक बनेकी थिइन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आँसु झार्दै भनिन्, ‘घाइतेहरुलाई हेर्दाखेरी साँच्चिकै गाह्रो भयो । यो आन्दोलन व्यर्थ नजाओस् भन्ने मेरो चाहना छ । जसले सरकारको विरोध गर्नु हुन्छ वा चुनाव भाड्न खोज्नु हुन्छ, त्यो कहिले पनि नगर्नुस्, म अनुरोध गर्न चाहन्छु ।’

उनको भावुकता देखेर उपस्थित सबै भावुक भएका थिए ।