काभा कपमा श्रीलंकासँग नेपाल पराजित, सोझो सेटमा हार

काभा कपमा श्रीलंकासँग नेपाल पराजित, सोझो सेटमा हार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपालले लगातार चौथो हार व्यहोरेको छ ।

ढाकास्थित इन्डोर हलमा सोमबार सम्पन्न खेलमा श्रीलंकासँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको छ ।

पहिलो सेटमा १८–२५ ले पछि परेको नेपाल दोस्रो सेट १७–२५ र तेस्रो सेट २०–२५ ले गुमाउँदै पराजित भएको हो । हारसँगै नेपालले प्रतियोगिताका ५ खेलमध्ये १ मात्र जीत निकाल्न सफल भएको छ ।

माल्दिभ्समाथि जीत निकाल्दै ४ अंक जोडेको नेपाल अंकतालिकामा पाँचौं स्थानमा रहेको छ ।

नेपालले यसअघि तुर्कमिनिस्तान, अफगानिस्तान र बंगलादेशसँग पनि पराजित भएको थियो । अब नेपालले पाँचौं स्थानका लागि मंगलबार माल्दिभ्ससँग प्लेअफ खेल्नेछ ।