काठमाण्डु– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले यूएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
दुबईस्थित आईसीसी एकेडेमीमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।
सिरिजअन्तर्गत दुवै टोलीले दोस्रो खेल खेल्न लागेका हुन् । पहिलो खेलमा दुवै टोली अमेरिकासंग पराजित भएका थिए । नेपाल १०६ रन र युएई ४ विकेटले पराजित भएको थियो ।
एकदिवसीय अन्तर्राष्ट्रियमा कमजोर फर्ममा रहेका दुवैका दुई लागि यो खेल पुनरागमन गर्ने अवसरसमेत हो। यस त्रिकोणात्मक सिरिजमा दुबै एसियाली टोलीले अमेरिकासँग हार बेहोरिसकेका छन्।
नेपालले पछिल्लो खेलमा अमेरिकासँग १०६ रनले लज्जास्पद हार बेहोरेको थियो। यूएई पनि अमेरिकासँग ४ विकेटको हारपछि यस खेलका लागि प्रतिस्पर्धामा उत्रिन लागेको हो।
नेपाल र यूएईले हालसम्म एक अर्काविरूद्ध ९ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेकोमा नेपालले ४ र यूएईले ५ खेल जितेको छ।
नेपाल हाल लिग–२ को अंक तालिकामा सातौं स्थानमा छ। १७ खेलमा ५ जित र १० हार व्यहोरेको नेपालको १२ अंक छ। समान खेलमा मात्र ३ जित हात पारेको यूएई ६ अंकसहित पुछारमा छ।




प्रतिक्रिया