पहिरोले तातोपानीमा अलपत्र परेकाहरूको सेना र सशस्त्रद्वारा सकुशल उद्धार

पहिरोले तातोपानीमा अलपत्र परेकाहरूको सेना र सशस्त्रद्वारा सकुशल उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गोरखा जिल्लाको धार्चे गाउँपालिका–३ तातोपानी क्षेत्रमा अलपत्र परेकाहरूको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।

गोरखाको सामा गाउँबाट माछीखोलातर्फ आउँदै गरेका २० जना विदेशी र १५ जना नेपाली गरी ३५ जना पर्यटक पहिरोको कारण अलपत्र परेका हुन् ।

अलपत्र परेकोबारे जानकारी प्राप्त हुनासाथ नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश आरुघाटबाट खटिएको टोलीले उनीहरूको उद्धार गरी माछीखोलातर्फ पठाएको छ ।

उद्धार गरिएकाहरूको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।