जेनजी आन्दोलनका बेला खटिएका प्रहरी इन्चार्जहरूलाई काठमाण्डु नछाड्न निर्देशन

जेनजी आन्दोलनका बेला खटिएका प्रहरी इन्चार्जहरूलाई काठमाण्डु नछाड्न निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरी प्रधान कार्यालयले भदौ २३ र २४ गतेको घटनाबारे गठित जाँचबुझ आयोगको पत्र आवश्यक कार्यका लागि काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई पठाएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयको प्रशासन शाखाबाट प्रेषित पत्रमा आयोगको सचिवालय सिंहदरबारको पत्रअनुसार आयोगले सोधपुछका लागि प्रहरी इन्चार्जहरूलाई कुनै पनि समयमा उपस्थित गराउन सक्ने भन्दै उनीहरूलाई हाललाई उपत्यका नछोड्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

जेनजी आन्दोलनको बेला काठमाण्डुमा खटिएका प्रहरी इन्चार्जहरूलाई यस्तो निर्देशन दिइएको छ । पत्रमा भनिएको छ, ‘बढी क्षति भएको क्षेत्रहरूमा खटिएका प्रहरी इन्चार्जहरूलाई घटना सम्बन्धी सोधपुछका लागि कुनै पनि समयमा आयोगमा उपस्थितिको लागि बोलाउनुपर्ने हुँदा हाललाई काठमाण्डु उपत्यका नछाड्ने व्यवस्था मिलाउन हुन अनुरोध गरिएको छ ।’

जाँचबुझ आयोगले भदौ २३ र २४ गतेका प्रदर्शनका क्रममा भएको जनधन क्षति र प्रहरीको भूमिका सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।

पत्रमा नेपाल प्रहरी प्रधान कार्यालयका सबै विभाग र महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई बोधार्थ पठाइएको छ । पत्रमा प्रशासन शाखाका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले हस्ताक्षर गरेका छन् ।